समातिए निषेधाज्ञा तोड्ने सरकारी सवारी

उपत्यकामा जारी निषेधाज्ञाको अवज्ञा गर्दै सडकमा निस्किएका सरकारी गाडीसहित एक हजार ६७७ सवारी साधन कारवाहीमा परेका छन् ।

महानगरीय ट्राफिक प्रहरी महाशाखाका डिएसपी रामकृष्ण सापकोटाले निषेधाज्ञा उल्लङ्घन गर्ने एक हजार ६७७ सवारीसाधन होल्ड गरिएको जानकारी दिए । निषेधाज्ञाको तेस्रो दिन आज १ हजार २९५ वटा मोटरसाइकल, ३१६ कार तथा जीप र ६६ वटा बस/ट्रकलाई होल्डमा लिइएको हो ।

कोरोनाको बढ्दो महामारीलाई मध्यनजर गर्दै सरकारले बैशाख मसान्तसम्म उपत्यकालगायतका जिल्लाहरुमा निषेधाज्ञा लगाएको छ । यस्तो समयमा पनि उपत्यकामा सवारी साधनको चाप साविककै अवस्थामा जस्तै देखिएपछि चेकजाँचमा कडाई गरिएको डिएसपी सापकोटाले बताए ।

आजै काठमाडौँका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीसहितको टोलीले अनुगमन गरेको छ ।

टिप्पणीहरू