किशोरकाे डुबेर मृत्युु

किशोरकाे डुबेर मृत्युु

उदयपुरको त्रियुगा नगरपालिकामा गर्मी छल्न पाेखरीमा नुहाउन हाम्फालेका एक किशोरको डुबेर मृत्यु भएको छ ।

मृत्यु हुनेमा त्रियुगा नगरपालिका –४, बगाहाका रोशन ढकालका १५ वर्षीय छाेरा बिवेक ढकाल हुन् । उनी नवदिप टोलस्थित मामाघरमा बस्दै आएका थिए ।

पोखरीमा पौडी खेल्न जान्छु भनी घरबाट हिडेका उनी साँझसम्म घर नफर्किएपछि माइजू टिका र स्थानीयवासीले खोजतलास सुरु गरेका थिए ।

खोजतलास गर्दा प्रहरीले पोखरीको डिलमा कपडा र चप्पल फेला पार्नुका साथै शव डुबिरहेको अवस्थामा भेटेको थियाे । किशोरको शव निकालेर पाेष्टमार्टम र घटनाको थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ ।

टिप्पणीहरू