निषेधाज्ञा उलङ्घन गर्ने १५ सय बढी सवारी साधन समातियो

निषेधाज्ञा उलङ्घन गर्ने १५ सय बढी सवारी साधन समातियो

कोरोना महामारीका कारण देशका विभिन्न जिल्लामा गरिएको निषेधाज्ञा तोड्ने १५ सयबढी सवारी साधन समातिएका छन् । निषेधाज्ञाको उलङ्घन गर्दै सडकमा निस्किएका ती सवारी साधन समातिएका हुन् ।

बिहानदेखि दिउँसो १ बजेसम्म १५ सय बढी सवारी साधनलाई प्रहरीले आफ्नो नियन्त्रणमा लिएको महानगरीय ट्राफिक प्रहरी परिसरका प्रवक्ता कृष्ण अधिकारिले जानकारी दिए ।

११ सय बढी दुई पाङ्ग्रे तथा ३ सय बढी चार पाङ्ग्रे सवारी साधनहरुले निषेधाज्ञा उल्लङ्घन गरेको प्रवक्ता अधिकारीले बताए । उनले उपत्यकाका ८१ ठाउँमा कडा चेकजाँच भइरहेको पनि बताएका छन् । साथै, महामारीको समयमा अत्यावश्यक बाहेक घरबाट बाहिर ननिस्कन उनले अनुरोधसमेत गरेका छन् ।

आजदेखि काठमाडौँ उपत्यकालगायत विभिन्न जिल्लामा निषेधाज्ञा लागू गरिएको छ । केही सवारी साधन नियन्त्रणमा लिनुका बाबजुद उपत्यकामा निषेधाज्ञाको प्रभाव परेको देखिएको छ । सार्वजनिक यातायात, पसल, स्कुल÷कलेज, व्यवसाय पूर्णरुपमा ठप्प छन् ।

निषेधाज्ञामा अत्यावश्यक सेवा भने खुला गरिएको छ ।

टिप्पणीहरू