शपथ खुवाउनेलाई नै पत्तो छैन

शपथ खुवाउनेलाई नै पत्तो छैन

बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले माधव खेमाको राजीनामापछि रिक्ततासमेत पुर्ताल हुनेगरी मन्त्रिपरिषद् पुर्नगठन गर्न लागेको हल्ला चलेको छ बिहानैदेखि ।

ओली निकटकाले आफ्ना प्रदेश सांसदहरु मन्त्री बन्न लागेको र साँझ ४ बजे शपथ कार्यक्रम राखेको बताएका छन् ।
तर प्रदेश प्रमुख विष्णुप्रसाद प्रसाईको सचिवालयका कर्मचारीहरु भने कुहिरोभित्रको कागझैं छन् ।

जनआस्थाले प्रदेश प्रमुखको सचिवालयका कर्मचारीहरुसँग जिज्ञासा राख्दा आफूहरुले चर्चा सुनेको प्रतिक्रिया दिए ।
प्रदेश प्रमुख सचिवालयका सचिव नारायणप्रसाद भट्टले आफूले पनि हल्लामात्र सुनेको तर आधिकारिक पत्र अहिलेसम्म नबनेको जनआस्थालाई प्रतिक्रिया दिए ।

कतिपयले यसवीच शुभकामना भन्न र बधाई दिन भ्याइसकेका छन् । उनीहरुले नुवाकोटका केशवराज पाण्डे,चन्द्र लामा,सिन्धुपाल्चोकका सरेश नेपालसहित सरस्वती बस्नेत र अरु ४ जना राज्यमन्त्रीले शपथ लिन लागेको हल्ला चलाए पनि प्रदेश प्रमुख विष्णुप्रसाद प्रसाइको सचिवालयले भने यसलाई आधिकारिक रुपमा पुष्टि गरेको छैन ।

टिप्पणीहरू