सीता दाहाल फेरि अस्पतालमा

सीता दाहाल फेरि अस्पतालमा

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डकी धर्मपत्नी सीता दाहाललाई सोडियम (नून) को मात्रा कम देखिएपछि ललितपुरको मेडिसिटी अस्पतालमा भर्ना गरिएको छ ।

स्वास्थ्य अवस्था स्थीर रहे पनि केही दिनदेखि रगतमा सोडियमको मात्रा घटेको कारण अस्पताल भर्ना गर्नुपरेको सुरक्षा स्रोतले बताएको छ ।

सोडियम कम भएपछि मानिसको शरिर शिथिल हुँदै कमजोरी महसुस हुन्छ । बिरामी बोल्न नसक्नेदेखि बेहोशसम्म हुनसक्ने चिकित्सकहरूले बताएका छन् ।

टिप्पणीहरू