राती काठमाडौंमा, बिहान पूर्वी नेपालमा भूकम्प

राती काठमाडौंमा, बिहान पूर्वी नेपालमा भूकम्प

गए राती काठमाडौंको कलंकी केन्द्रबिन्दु भएको ३ दशमलब ५ रेक्टर स्केलको भूकम्प गएको छ । अहिले बिहान उता पूर्वी नेपालमा पनि भूकम्पको झट्का महशुस गरिएको छ ।

राती १ बजेर ५९ मिनेटमा गएको भूकम्प ६ वर्षअघिको गोरखा भूकम्पको पराकम्प भएको बताइएको छ ।

पूर्वी नेपालको झापा, मोरंग, सुनसरी, इलाम लगायतका जिल्लामा बिहान ८ बजेर १० मिनेटमा महशुस गरिएको भूकम्पको विस्तृत विवरण आइ नसकेको बताइएको छ ।

टिप्पणीहरू