पीसीआर परीक्षणको बढि शु:ल्क लिनेलाई कारवाही

पीसीआर परीक्षणको बढि शु:ल्क लिनेलाई कारवाही

सरकारले कोरोनाको पीसीआर परीक्षण गर्दा तोकेको भन्दा बढी शु:ल्क लिए कारवाही गर्ने चेतावनी दिएको छ । केही नीजि प्रयोगशालाहरुले बढी शु:ल्क लिने गरेको गुनासो आएको भन्दै स्वास्थ तथा जनसंख्या मन्त्रालयले यस्तो चेतावनी दिएको हो ।

सरकारले पीसीआर परीक्षण गर्दा सरकारी प्रयोगशालाहरुमा एक हजार र नीजि प्रयोगशालाहरुमा दुई हजार शु:ल्क तोकेको छ । तर केही निजी प्रयोगशालाहरुले बिभिन्न बाहानामा थप शु:ल्क लिएको भन्ने गुनासो आएको भन्दै मन्त्रालयले सार्वजनिक सूचना जारी गरेर बढी शु:ल्क नलिन सचेत गराएको हो ।

मन्त्रालयले तोकिएको भन्दा बढी शुल्क लिएको पाइएमा राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामार्फत त्यस्ता प्रयोगशालाहरुलाई परीक्षणको सूचीबाट हटाइने कडा चेतावनी दिएको छ ।

टिप्पणीहरू