“बाैध्दिक श्रमजीवी समुदाय नै पत्रकार हाे”

“बाैध्दिक श्रमजीवी समुदाय नै पत्रकार हाे”

पत्रकारहरु सधैं लाेकतन्त्र,सत्य र जनताकाे पक्षमा हुनुपर्ने स्थानीय सरकारका प्रमुखले बताएका छन् ।

सिध्दार्थ नगरपालिका भैरहवाद्वारा नेपाल पत्रकार महासंघ रुपन्देहीका नवनिर्वाचित पदाधिकारी तथा सदस्यहरुकाे सम्मानमा आयोजित कार्यक्रममा बाेल्दै मेयर हरिप्रसाद अधिकारीले प्रतिगमनबिरुध्द पत्रकारहरुले देखाएकाे साहस प्रशँसनीय रहेकाे बताए ।

उनले भने, “पत्रकारले गलतलाई गलत र सहिलाई सहि भन्नुपर्छ । पत्रकार महासंघकाे निर्वाचनमा यहाँहरुले सत्यकाे पक्षमा गरेकाे मतदानकाे म सम्मान गर्छु । “

अधिकारीले नियतबश गरेकाे गल्तीलाई पत्रकारले थाहा पाएसम्म समाचार लेखेर जनमानसमा पुर्याउनुपर्ने पनि बताए ।

भने,” पत्रकारहरुले स्थानीय सरकारलाई घचघचाउनुपर्छ । ” अधिकारीले सक्रिय पत्रकारकाे सुरक्षित भविस्यकाेलागि अक्षयकाेष खडा गरेर काम गर्न सुझावसमेत दिए ।

विगतमा सक्रियतापूर्वक समाज परिवर्तन र जनताकाे पक्षमा रहेका पत्रकारहरु आज आर्थिक समस्यामा परेकाे हुँदा भविष्यमा आइपर्ने समस्या टार्न अक्षयकाेषक जरुरी रहेकाे उनकाे भनाई छ ।
साे अवसरमा उपप्रमुख उमा काफ्लेले भनिन्,”पत्रकारहरु सधैं सत्य,लाेकतन्त्र र जनताकाे पक्षमा हुनुपर्छ ।”काफ्लेले समाजकाे सम्मानित पेशा पत्रकारिता क्षेत्रले खेलेकाे भूमिका प्रशंसनीय रहेकाे बताइन्,”बाैध्दिक श्रमजीवी समुदाय नै पत्रकार हाे “।

कार्यक्रममा नगरका प्रमुख प्रशासकीय अधिकृत तुल्सीराम मरासिनीले स्थानीय सरकारले गरेका गतिविधिकाे खाेजमूलक ढंगले समाचार संप्रेषण गर्नुपर्ने बताए । पत्रकार महासंघ रुपन्देहीका अध्यक्ष रामराज पाेखरेलले अबकाे पत्रकारिता समीक्षात्मक र खाेजमुलक नै हुने बताए । लुम्बिनी प्रेस क्लबका अध्यक्ष नरेश के. सी.ले पत्रकारिता क्षेत्र सधैं सत्य र तथ्यकाे पक्षमा उभिने बताए ।

टिप्पणीहरू