त्रिभुवन र पूर्वाञ्चल विश्वविद्यालयका सबै परीक्षा रोकिए

त्रिभुवन र पूर्वाञ्चल विश्वविद्यालयका सबै परीक्षा रोकिए

त्रिभुवन विश्वविद्यालय (त्रिवि) का सञ्चालित र सञ्चालनको प्रक्रियामा रहेका सबै परीक्षा अनिश्चितकालको लागि स्थगित भएका छन् । बढ्दो कोरोना संक्रमणका कारण उत्पन्न परिस्थितिमा परीक्षा स्थगित गर्नुपरेको टियुले जनाएको छ ।
त्रिवि परीक्षा नियन्त्रण कार्यालयले आज एक सूचना जारी गर्दै परीक्षा स्थगितको निर्णय सार्वजनिक गरेको हो । आज बसेको परीक्षा नियन्त्रण कार्यालयको बैठकले देशका विभिन्न स्थानमा लगाइएको लकडाउन र निषेधाज्ञाका कारण परीक्षा सञ्चालन गर्न नसकिने परिस्थिति सिर्जना भएकाले स्थगित गर्नुपरेको बताइएको छ ।

‘त्रिविका आंगिक तथा सम्बन्धनप्राप्त क्याम्पसहरूको वार्षिक तथा सेमेष्टर प्रणालीका स्नातक तथा स्नातकोत्तर तहका सञ्चालित तथा सञ्चालनको प्रक्रियामा रहेको अवस्थामा कोभिड–१९ को दोस्रो लहरको प्रकोपका कारण देशका विभिन्न स्थानमा लकडाउन तथा निषेधाज्ञाका कारण परीक्षा सञ्चालन गर्न नसकिने परिस्थिति सिर्जना भएकाले आज बसेको केन्द्रीय परीक्षा सञ्चालक समितिको बैठकको निर्णयअनुसार अर्को सूचना प्रकाशित नभएसम्मका लागि परीक्षा स्थगित गरिएको’सूचनामा भनिएको छ ।

यसैगरी, पूर्वाञ्चल विश्वविद्यालयले पनि सबै परीक्षा अनिश्चित समयका लागि स्थगित गर्ने निर्णय गरेको छ । विश्वविद्यालयको परीक्षा व्यवस्थापन कार्यालयले आज सूचना प्रकाशित गर्दै सीसीएमसीको निर्देशनअनुसार हाल सञ्चालित सबै परीक्षा स्थगित गरेको जानकारी दिएको हो ।

कार्यालयले अर्को सूचना नभएसम्मका लागि परीक्षा स्थगित गरिएको जनाएको छ ।

टिप्पणीहरू