आज २५ सय बढीमा कोरोना संक्रमण, ५ को मृत्यु

आज २५ सय बढीमा कोरोना संक्रमण, ५ को मृत्यु

आज मुलुकभर कोरोना भाइरस संक्रमणका कारण थप ५ जनाको मृत्यु भएको छ । पछिल्लो केही दिन यता भाइरस संक्रमणबाट ज्यान गुमाउनेको संख्या बढ्दो छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जारी गरेको विवरणमा पछिल्लो २४ घण्टामा थप २ हजार ५ सय ५९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

मन्त्रालयका अनुसार ९ हजार ६ सय ६४ जनामा गरिएको परीक्षणमा ८ हजार ७ सय ९८ जनाको पीसीआर तथा ८ सय ६६ जनामा एन्टिजेन परीक्षण गरिएको थियो । जसमध्ये पीसीआर विधिबाट २ हजार ४ सय ४९ जना तथा एन्टिजेनबाट १ सय १० जनामा संक्रमण पुष्टि भएको छ ।

त्यसैगरी पछिल्लो २४ घण्टामा ४ सय १० जना कोरोना भाइरस संक्रमणमुक्त भएका छन् भने हालसम्म ज्यान गुमाउनेको संख्या ३ हजार १ सय २२ पुगेको छ ।

टिप्पणीहरू