मुख्यमन्त्रीसँग सम्बन्धको दाबी गर्ने बालिका गिरफ्तार

फाेटाे साभार १२ खरी

फाेटाे साभार १२ खरी

एक नम्बर प्रदेशका मुख्यमन्त्री शेरधन राईसङ्ग लामो समयदेखि उठबसको सम्बन्ध रहेको दावीसहित अड्डा अदालतमा मुध्दा र प्रधानमन्त्री निवासमा धर्ना बस्दै आएकी एमाले कार्यकर्ता बालिका खड्कालाई प्रहरीले थापाथली,हाइटमा आजदेखि काम सन्चालन हुने मारवाडीको घर प्राङ्गणबाट पक्राउ गरेको छ ।

भर्खरै नवयुवती जाङ्ग्मु शेर्पासङ्ग बिबाहबन्धनमा बाधिएका मुख्यमन्त्री राई आज बल्खूमा आयोजित एमाले कार्यालय भवनको शिलान्यास कार्यक्रमलगत्तै थापाथलीमा देखा परेका थिए ।

बालिका गिरफ्तारीको बिस्तृत कारण थाहा हुन सकेको छैन । तर,अहिले वडा प्रहरी कार्यालय अनामनगरमा लगिएकी उनीमाथि मुख्यमन्त्रीलाई बाटो घाटोमा बलात्कारीजस्ता शब्द प्रयोगमार्फत प्रधानमन्त्रीकै सामु सार्वजनिक दुर्व्यवहार गरेको आरोप लाग्ने सम्भावना छ ।

प्रहरीका अनुसार उनी शेरधन राईलाई भेट्न भन्दै बिहानै एमाले मुख्यालय,थापाथली पुगेकी थिइन् । राई कार्यालय सचिव ईश्वरी रिजालको कार्यकक्षमा बसिरहेका थिए । बालिकाले चाल पाएपछि पटक पटक शेरधन भएको ठाउँमा जाने प्रयास गरिन् ।

पटक पटक प्रयास गर्दा प्रहरीले रोकेपछि शेरधन राईलाई मुख छोडिन् । गाली,गलौज गर्न थालिन् । त्यही कारण उनलाई प्रहरीले पक्राउ गरेको जनाएको छ ।

टिप्पणीहरू