राष्ट्रपतिको अनुपस्थितिमा नवनियुक्त न्यायाधीशहरूको शपथ

राष्ट्रपतिको अनुपस्थितिमा नवनियुक्त न्यायाधीशहरूको शपथ

सर्वोच्च अदालतका नवनियुक्त न्यायाधीशहरू नहकुल सुवेदी र कुमार चुडालले राष्ट्रपति विद्यादेवी भण्डारीको अनुपस्थितिमा पद तथा गोपनीयताको शपथ लिनुभएको छ ।

आज सर्वोच्च अदालतमा प्रधानन्यायाधीश चोलेन्द्र समशेर राणाले नवनियुक्त न्यायाधीश सुवेदी र चुडाललाई पद तथा गोपनीयताको शपथ ग्रहण गराउनुभएको हो ।

सर्वोच्च अदालतका न्यायाधीशहरूको शपथ राष्ट्रपतिको उपस्थितिमा प्रधानन्यायाधीशले राष्ट्रपति भवनमा गराउने चलन छ । तर, यसपटक कोरोना महामारीको जोखिमका कारण राष्ट्रपतिको अनुपस्थितिमा प्रधानन्यायाधीश राणाले पद तथा गोपनीयताको शपथ गराउनुभएको हो ।

प्रस्तावित दुवै जनाको नाम संसदीय सुनुवाई समितिले गत शुक्रबार अनुमोदन गरेपछि राष्ट्रपति भण्डारीले उहाँहरूलाई न्यायाधीश पदमा नियुक्त गर्नुभएको थियो ।

टिप्पणीहरू