आज कोरोनाबाट ११ जनाको मृत्यु, झण्डै २ हजार नयाँ संक्रमित

आज कोरोनाबाट ११ जनाको मृत्यु, झण्डै २ हजार नयाँ संक्रमित

मंगलबार मुलुकभर १ हजार ७ सय ३६ जना कोरोना संक्रमित थपिएका छन् । पछिल्लो २४ घण्टामा कोरोनको कारण ११ जनाको मृत्यु भएको छ ।

स्वास्थ्य मन्त्रालयले दिएको जानकारीअनुसार यसबीचमा गरिएको ८ हजार ७ सय ३७ जनाको पीसीआर र एन्टीजेन परीक्षणमा ती संक्रमित थपिएका हुन् ।
पछिल्लो २४ घण्टामा २ सय ५१ जना संक्रमणबाट निको भएका छन् ।

नेपालमा आजसम्म संक्रमितको संख्या २ लाख ८७ हजार ५ सय ६७ पुगेको छ । कोरोनाबाट मृत्यु हुनेको संख्या ३ हजार १ सय २ पुगेको छ ।

टिप्पणीहरू