संविधानले दिन्छ यत्तिकै सांसद पद खुस्काउन ?

संविधानले दिन्छ यत्तिकै सांसद पद खुस्काउन ?

नेकपा एमालेले काङ्ग्रेस,माओवादीबाट अविश्वास प्रस्ताव आउनै लागेको बेला आफ्ना ३२ सांसदलाई स्पष्टिकरण सोधेको छ । ‘तपाईंलाई संसद सदस्यबाट कारवाही किन नगर्ने ?’ भन्दै सोधिएको स्पष्टिकरणमा पार्टी हित विपरितका गतिविधिमा संलग्न रहेको आरोप लगाइएको छ । उनीहरुलाई दुई दिनभित्र जवाफ दिन पनि भनिएको छ । सम्बिधानमा भने पदरिक्ततासम्बन्धी यस्तो ब्यवस्था छ:

धारा ८९. स्थानको रिक्तता:
देहायको कुनै अवस्थामा संघीय संसद सदस्यको स्थान रिक्त हुनेछ:
(क) निजले सभामुख वा अध्यक्षसमक्ष लिखित राजीनामा दिएमा,(ख) निजको धारा ८७ बमोजिमको योग्यता नभएमा वा नरहेमा,(ग) प्रतिनिधि सभाको कार्यकाल वा राष्टि्रय सभा सदस्यको पदावधि समाप्त भएमा, (घ) निज सम्बन्धित सदनलाई सूचना नदिई लगातार दश वटा बैठकमा अनुपस्थित रहेमा,(ङ) जुन दलको उम्मेदवार भई सदस्य निर्वाचित भएको हो त्यस्तो दलले संघीय कानून बमोजिम निजले दल त्याग गरेको कुरा सूचित गरेमा, (च) निजको मृत्यु भएमा ।

अनि धारा ८७ को ब्यवस्था यस्तो छ : सदस्यका लागि योग्यता:
(१) देहायको योग्यता भएको व्यक्ति संघीय संसदको सदस्य हुन योग्य हुनेछ:
(क) नेपालको नागरिक,(ख) प्रतिनिधि सभाका लागि पच्चीस वर्ष र राष्टृय सभाका लागि पैंतिस वर्ष उमेर पूरा भएको, (ग) नैतिक पतन देखिने फौजदारी कसूरमा सजाय नपाएको, (घ) कुनै संघीय कानूनले अयोग्य नभएको, र (ङ) कुनै लाभको पदमा बहाल नरहेको । संबैधानिक कानूनका ब्याख्याताहरु भन्छन् -सम्बिधानका यी दुबै धाराबमोजिम यी माननीयहरुको पद जाने या सभामुखबाट सदर हुने सम्भावना देखिन्न । ।

स्पस्टिकरण सोधिएका एमाले नेता तथा साँसदहरुमा बरिष्ठ नेता माधवकुमार नेपाल, उपाध्यक्ष भीम रावल,नेताहरु सुरेन्द्र पाण्डे,घनश्याम भुसाल, पवित्रा निरौला,झपट रावल, मेटमणि चौधरी,यज्ञराज सुनुवार, जीवनराम श्रेष्ठ,झलनाथ खनाल, विरोध खतिवडा,सोमप्रसाद पाण्डे, भवानी खापुङ,नारायण खतिवडा, जयकुमार राई,गणेश पहाडी, दिपकप्रकाश भट्ट,योगेशकुमार भट्टराई,हिराचन्द्र केसी, पुष्पाकुमारी कर्ण कायस्थ, कल्याणी खड्का,लक्ष्मीकुमारी चौधरी,सरलाकुमारी यादव, कृष्णलाल महर्जन,नीरादेवी जैरु, मुकुन्द न्यौपाने,रामकुमारी झाक्री हुनुहुन्छ ।

त्यस्तै,कर्णाली प्रदेशका पाँच सांसदलाई पनि पदै खुस्काउने गरी स्पष्टिकरण सोधिएको छ । अस्ति पार्टीको निर्णयविपरित मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई विश्वासको मत दिएका प्रकाश ज्वाला, नन्दसिंह बुढा,कुर्मराज शाही, अम्बरबहादुर थापालाई स्पष्टिकरण सोधिएको हो । त्यस्तै, मत सच्याउने देवी ओलीलाई पनि स्पष्टिकरण सोधिएको एमाले ओलीपक्षीय एक नेताले बताए ।

टिप्पणीहरू