सुडान उड्यो सशस्त्र प्रहरीको टोली

सुडान उड्यो सशस्त्र प्रहरीको टोली

सशस्त्र प्रहरी बल नेपालको एउटा टोली संयुक्त राष्ट्रसंघको शान्ति स्थापनार्थ दक्षिणी सुडानमा तैनाथीको लागि आज साँझ त्यसतर्फ गएको छ ।

हाल त्यहाँ खटिएको सशस्त्र प्रहरीको टोलीलाई बदली गर्न कायम मुकायम सशस्त्र प्रहरी वरिष्ठ उपरिक्षक विनोदराज श्रेष्ठको कमाण्डमा १ सय ८० जनाको डफ्फा त्यसतर्फ गएको छ ।

उक्त टोली राष्ट्रसंघको चार्टर विमानद्वारा आज साँझ त्यसतर्फ प्रस्थान गरेको हो ।

टिप्पणीहरू