कर्णालीको आगो लुम्बिनीमा सल्कियो,अविश्वास दर्ता

कर्णालीको आगो लुम्बिनीमा सल्कियो,अविश्वास दर्ता

लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलविरुद्ध अविश्वास प्रस्ताव दर्ता भएको छ ।

अविश्वास प्रस्तावसँगै आगामी मुख्यमन्त्रीमा त्यहीँका आन्तरिक मामिला मन्त्री कुलप्रसाद केसीलाई प्रस्ताव गरिएको छ ।

गत साता कर्णाली प्रदेशमा मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले लिनुभएको विश्वासको मत प्रस्तावमा एमालेका चार जना सांसदले फ्लोर क्रस गरेर एमालेकै यामलाल कँडेल मुख्यमन्त्री बन्ने निश्चित अवस्थालाई उल्टाइदिएका थिए ।

यता, लुम्बिनीमा पनि त्यहि अवस्था आउने आँकलनका साथ अविश्वास प्रस्ताव दर्ता गरिएको बताइएको छ ।

टिप्पणीहरू