कीर्तिपुरमा ओली पक्षको चियापान

कीर्तिपुरमा ओली पक्षको चियापान

नेकपा एमाले (ओली समूह) कीर्तिपुर नगरसमितिले नयाँवर्षको शुभकामना आदनप्रदान तथा चियापान कार्यक्रम गरेको छ ।

शनिबार कीर्तिपुर नगरपालिका–९ पाँगादोबाटोमा आयोजित कार्यक्रममा शिक्षामन्त्री कृष्णगोपाल श्रेष्ठले सम्बोधन गर्नुभएको थियो । कार्यक्रममा नेकपा एमाले काठमाडौँ जिल्ला अध्यक्ष तथा संघीय सांसद कृष्ण राई पनि सहभागी थिए ।

कार्यक्रममा काठमाडौँ जिल्ला कमिटी सदस्यहरु शम्भुराम महर्जन, सरब महर्जन, विन्दु महर्जन, केशरन्त बज्राचार्य, कीर्तिपुर नगरकमिटीका अध्यक्ष राधाकृष्ण बस्नेत, राष्ट्रिय युवासंघका स्थायी कमिटी सदस्य शिवकुमार महर्जनलगायतको सहभागिता रहेको आयोजकले बताएको छ ।

टिप्पणीहरू