कलंकीमा जुटे शिक्षक र प्रचण्ड

कलंकीमा जुटे शिक्षक र प्रचण्ड

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले माओवादी कमजोर भयो भनेर एमालेको केपी ओली खेमाले दुष्प्रचार गरेको बताउनुभएको छ ।

एकीकृत अखिल नेपाल शिक्षक संगठन बाग्मती प्रदेशले आयोजना गरेको शैक्षिक अभियान तथा संयुक्त प्रदेश परिषद कार्यक्रमको शनिबार काठमाडौँमा उद्घाटन गर्दै उहाँले अदालतको निर्णयले पार्टी विभाजन भएपछि ओली पक्षले दुष्प्रचार शुरु गरेको बताउनुभयो ।

‘दुईतिहाइको सरकार चलाइरहेको बलियो कम्युनिस्ट पार्टी अदालतको निर्णयले बिभाजित भयो । त्यसपछि माओवादी केन्द्र कमजोर भयो भनेर ओली पक्षबाट प्रचार गर्न थालियो । तर जनतामा जाँदा माओवादीप्रति नै भरोसा राखेको मैले पाएको छु,यसले मलाई अझै उत्साहित बनाएको छ’,उहाँले भन्नुभयो ।

अध्यक्ष प्रचण्डले प्रधानमन्त्री ओलीकै कारण शैक्षिक मुध्दा कमजोर बनेको आरोप पनि लगाउनुभयो । उहाँले भन्नुभयो, ‘शिक्षकहरु बिचारमा प्रतिवद्ध र मुद्दामा निरन्तर लाग्छन्। त्यहि डरले केपीले शैक्षिक संगठनलाई राजनीतिमा ल्याउन हुँदैन भनेका हुन् ।

पटक-पटक सरकारमा जाँदा पनि शैक्षिक क्षेत्रमा नयाँ केही गर्न नसकिएको भन्दै प्रचण्डले परिस्थिति अनुकूल नबनेको बताउनुभयो । एकलौटी सरकार चलाउन नपाउँदा भनेजसरी काम गर्न नसकिएको उहाँको प्रष्टोक्ति थियो ।

कलंकीस्थित एलआरआइ स्कुलमा आयोजित कार्यक्रममा शिक्षक संगठन बागमती प्रदेशका अध्यक्ष शंकर अधिकारी,उपाध्यक्ष पुर्णप्रसाद दवाडी,सचिव पुष्प न्यौपाने,नेपाल शिक्षक महासंघका सचिव झम्क चौलागाईं, महासंघकी उपाध्यक्ष दुर्गा सिंह तामाङलगायतको उपस्थिति रहेको थियो ।  कार्यक्रममा संगठनको बागमती प्रदेशका १३ वटै जिल्ला अध्यक्षहरुको उपस्थिति रहेको आयोजकले बताएको छ ।

टिप्पणीहरू