कोरोनाबाट बुटवल र वीरगञ्जमा थप दुईको ज्यान गयो

कोरोनाबाट बुटवल र वीरगञ्जमा थप दुईको ज्यान गयो

कोरोना संक्रमणबाट बुटवल र वीरगञ्जमा दुई जनाको मृत्यु भएको छ । बुटवलको कोरोना विशेष अस्थायी अस्पतालमा उपचाररत एक पुरुषको हिजो मृत्यु भएको हो ।

मृत्यु हुनेमा पर्वतको पैयुँ–५ का ३८ वर्षीय पुरुष भएको अस्पतालका प्रवक्ता डा. विष्णु गौतमले जानकारी दिए । उनी हालै मात्र भारतबाट घर फर्केका थिए । १० दिनदेखि उच्च ज्वरोबाट पीडित उनमा ५ दिनअघिको स्वाब परीक्षणमा कोरोना संक्रमण पुष्टि भएको थियो ।

चैत २९ गते अस्पतालमा भर्ना भएका उनको बुधबार साँझ सवा ६ बजे मृत्यु भएको अस्पतालका प्रवक्ता गौतमले बताए ।

यस्तै, वीरगञ्जमा पनि अर्को एक जना संक्रमितको मृत्यु भएको छ । वीरगञ्ज–२ की ४२ वर्षीया महिलाको आज बिहान मृत्यु भएको हो ।

बिहीबार बिहान सवा आठ बजे आइसोलेसन वार्डको आइसियुमा उपचारकै क्रममा उनको मृत्यु भएको नारायणी अस्पतालका कोभिड संयोजक डा.सरोज रोशन दासले जानकारी दिए ।

टिप्पणीहरू