काठमाडौंको परिणाम गठबन्धनको विजयतर्फ

काठमाडौंको परिणाम गठबन्धनको विजयतर्फ

मतसंख्या र रणनीतिक हिसाबले सबैभन्दा महत्वपूर्ण मानिएको काठमाडौं जिल्ला र उपत्यका प्रदेशको पछिल्लो परिणामबाट नेपाल पत्रकार महासंघको बुधबार सम्पन्न मतदानको अन्तिम नतिजाको आँकलन गर्न थालिएको छ ।

औपचारिक घोषणा नभइसकेको उपत्यका प्रदेशको सोलोडोलो पदमा गठबन्धनले जीत हात पारेको बताइन्छ । त्यसैगरी काठमाडौं शाखाको डेढ सय जति भोट गन्न बाँकी रहेको अवस्थामा त्यता पनि गठबन्धनले नै सबै पदमा जीत सुनिश्चित बनाएको देखिँदैछ ।

‘बालुवाटारनिकट कोही पनि छिर्ने सम्भावना छैन,’ मतगणनास्थलस्थित स्रोतले बताएको छ ।

केन्द्रको लागि गरिएको मतदानको सबै मटपेटिका खोलिएको छैन । खोलेर पनि विवादले कतै कतै रोकिएको छ । अहिले एसोसियट र प्रतिष्ठानको पनि गणना भइरहेको छ । त्यतापट्टी समेत बालुवाटार समर्थक जित्ने सम्भावना नरहेको बताइन्छ ।

त्यहि ट्रेण्डलाई हेर्दा मधेशी सचिवको निम्ति उठेकी नेपाल टेलिभिजनकी श्वेता सिन्हाको झिनो सम्भावना देखिन्छ । तर,अरु कसैको सम्भावना नदेखिएको श्रोतले बताएको छ ।

हिजो भएको मतदानको झण्डै ५० जिल्लामा सबै मतगणना सकिएको छ । केन्द्रीय कार्यसमितिको सबै मतपरिणाम शनिबार साँझसम्म आउनसक्ने बताइन्छ । तर,काठमाडौं शाखाको अन्तिम परिणाम भने आजै राती ११ बजेभित्र आइसक्ने छ ।

टिप्पणीहरू