अर्थका क्याडर छिन्नभिन्न, सम्पत्तिबाट सोझै शीतल निवास

सरकारले अर्थका क्याडर भनेर चिनिएका केही सहसचिवलाई छिन्नभिन्न पारेको छ । यसबीच मध्यमस्तरीय करदाता कार्यालय, बबरमहलमा रहेका गजेन्द्र ठाकुरलाई सम्पत्ति शुध्दिकरण अनुसन्धान विभागको महानिर्देशकमा लगिएको छ । गृहका सहसचिव रामप्रसाद आचार्यलाई राजश्व अनुसन्धान विभागका महानिर्देशक दीर्घ मैनालीको ठाउँमा पुर्याइएको छ ।

त्यसैगरी सम्पत्ति शुध्दिकरण अनुसन्धानका महानिर्देशक रूपनारायण भट्टराईलाई भने राष्ट्रपति कार्यालय,शीतल निवासतिर ठेलिएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीलाई चित्त नबुझेपछि भट्टराईलाई शीतल निवास पुर्याउन परेको स्रोतले बताएको छ ।

प्रधानमन्त्रीले एउटा सहसचिवलाई मन नपराउनुको पनि कुनै कारण हुन्छ र ? भनेर सोधिएको जिज्ञासामा स्रोतले ‘सायद बालुवाटारले भनेको काम गरेनन् होला । जसलाई फसाउनु भनिएको थियो त्यसलाई फसाएनन् होला,नफसाउनु भनेकालाई पो फसाए कि ! कतै यसअघि फसाइएकालाई कारबाहीमा आनाकानी गरे कि ?’

टिप्पणीहरू