आज सँसद बैठक बस्ने : विघटनविरुद्ध अनेक कार्यक्रम

आज सँसद बैठक बस्ने : विघटनविरुद्ध अनेक कार्यक्रम

प्रतिनिधिसभा बिघटनबिरुद्ध उपत्यकामा हरेक दिन विभिन्न कार्यक्रम भैरहेका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीले असंवैधानिक ढंगबाट संसद विघटन गरेको भन्दै राजनीतिक दल, नागरिक समाज, बिभिन्न संघ-संगठन लगायतले एक महिनादेखि गरिरहेको आन्दोलन, विरोध प्रदर्शन, अन्तरक्रिया, भेला, बैठक जारी छ । यसका साथै आज उपत्यकामा अन्य कार्यक्रम पनि आयोजना भैरहेका छन् ।

अहिले बिहान सवा १० बजे माइतीघर मण्डलामा अनुसुया रिसर्च सेन्टरका सदस्यहरू सुगमजंग केसी,सुनिल महर्जन र लाेहित श्रेष्ठले टिचिङ अस्पतालमा रहेका बेवारिसे लासहरुकाे उचित ब्यवस्थापन गराउन दवाव दिने उद्धेश्यले सचेतनामूलक कार्यक्रम गर्दै छन् ।

नेपाल टिन लिडर्स (NEPAL TEEN LEADERS) ले प्रतिनिधि सभा बिघटनको बिरोधमा सडकमा राष्ट्रिय सभाको बैठक (नमूना संसद) बसी विरोध गर्दैछ,उक्त कार्यक्रम अहिले बिहान साढे १० बजे भृकुटीमण्डपमा हुनेछ।

त्यस्तै,बिहान ११ बजे मंगलबजारमा नेपाल मजदुर किसान पार्टीको ४७ औं स्थापना दिवसको अवसरमा पुस्तक प्रदर्शन हुँदैछ ।

नेकपाको प्रचण्ड-माधव समूह भक्तपुरले संसद विघटनविरुद्ध माघ ९ गते हुने विरोध प्रदर्शनको प्रचारका लागि मोटरसाइकल र्‍याली गर्दैछ । र्याली अहिले ११ बजे सल्ल्लाघारी चोकबाट शुरु हुने बताइएको छ।

त्यसैगरी, नेकपाका अध्यक्षद्वय पुष्पकमल दाहाल प्रचण्ड र माधव कुमार नेपालको उपस्थितिमा बिहान ११ बजे पेरिसडाँडामा आदिवासी जनजाति महासंघ नेपालको राष्ट्रिय भेला हुँदैछ ।

मध्यान्ह १२ बजे राष्ट्रवादी नागरिक समाजले आफ्नो १२ औं स्थापना दिवसको अवसरमा शुभकामना आदन प्रदान कार्यक्रम राखेको छ । कार्यक्रम समाजको केन्द्रीय कार्यालय,असनमा हुने बताइएको छ ।

दिउँसो १ बजे लगनखेलमा नेकपाको प्रचण्ड-माधव समूह ललितपुरले संसद विघटनको विरुद्ध माघ ९ गते हुने विरोध प्रदर्शनको प्रचारका लागि मोटरसाइकल र्‍याली गर्दैछ ।

संसद विघटन गर्ने प्रधानमन्त्री केपी ओलीको असंबैधानिक तथा प्रतिगमनकारी कदमको विरोधमा जनता समाजवादी पार्टी (जसपा) ललितपुर जिल्ला समन्वय समितिले विरोध कार्यक्रम गर्दैछ ।कार्यक्रम दिउँसो १ बजे लगनखेल बसपार्कमा हुने जनाइएको छ ।

त्यसैगरी जसपा काठमाडौ जिल्ला समन्वय समितिले पनि विरोध कार्यक्रम गर्ने भएको छ । दिउँसो २ बजे शान्तिवाटिकामा कार्यक्रम तय गरेको सो पार्टीले जनाएको छ ।

दिउँसो २ बजे नेकपा प्रचण्ड-माधव समूहले संसद विघटनको विरुद्ध माघ ९ गते राजधानीमा हुने विरोध प्रदर्शनको प्रचारका लागि उपत्यका स्तरीय मोटरसाइकल र्‍याली गर्दैछ ।

जसपा भक्तपुर जिल्ला समन्वय समितिले पनि प्रधानमन्त्री ओलीको असंबैधानिक तथा प्रतिगमनकारी कदमको विरुद्ध विरोध कार्यक्रम गर्दैछ ।
कार्यक्रम दिउँसो साढे २ बजे दूधपाटीमा हुने बताइएको छ ।

सरकारले गरेको संसद विघटनको असंवैधानिक कदमका विरुद्ध दिउँसो ३ बजे नेपाल विद्यार्थी संघले सिठ्ठी जुलुस गर्दैछ। पशुपति क्याम्पस चाबहिल र (देशभर) हुने बताइएको छ ।

यता,नेपाल कम्युनिस्ट पार्टी (विप्लव समूह) ले गिरफ्तारीमा परेका नेता – कार्यकर्ताको रिहाइको माग गर्दै देशभर विरोध प्रदर्शन गर्दैछ ।

गंगामाया अधिकारीले छोरा कृष्णप्रसाद अधिकारीको हत्यारालाई कारवाहीको माग राखी ट्रमा सेन्टरमा शुरु गरेको सत्याग्रह आज पनि जारी छ ।

आंशिक प्राध्यापक संघ पाटन संयुक्त क्याम्पस कमिटीले केन्द्रिय निर्देशनअनुसार क्याम्पस प्रमुखको कार्यकक्षमा मिति असोज १२ गतेदेखि गरेको तालाबन्दी आज पनि जारी रहेको छ ।

टिप्पणीहरू