विप्लवको चन्दा संकलन रोक्का

विप्लवको चन्दा संकलन रोक्का

आफ्ना केन्द्रीय सचिवालय सदस्य तथा विदेश विभाग प्रमुख धर्मेन्द्र बास्तोलालागयतका नेता तथा कार्यकर्ता पक्राउको बिरोधमा विप्लव समूहले नेपाल बन्दको घोषणा गरेको छ ।

विप्लव माओवादीको रोल्पा जिल्ला समितिले सोमबार जारी गरेको प्रेस विज्ञप्तिमा भनिएको छ ‘सामाजिक दलाल पुँजीवादी केपी ओली सरकारले गरेको गैरन्यायिक गिरफ्तारीविरुद्ध पार्टी केन्द्रले घोषणा गरेको माघ १० गतेको नेपाल बन्दलगायत संघर्षका कार्यक्रमलाई रोल्पामा पूर्ण रुपमा सहयोग गरी सफल पारौं ।’

साथै, उक्त समूहको रोल्पा जिल्ला समितिले एकीकृत जनक्रान्तिमार्फत् वैज्ञानिक समाजवाद स्थापनार्थ गर्दै आएको स्वेच्छिक आर्थिक सहयोग अर्को निर्णय नहुँदासम्मको लागि रोल्पामा स्थगित गरिएकोले आर्थिक सहयोग नदिन र नलिन पनि सबैलाई जानकारी गराएको छ ।

पार्टीलाई बदनाम गराएर आर्थिक सहयोगको नाममा असम्बन्धित व्यक्तिले गरेको गतिबिधितर्फ लक्षित गर्दै उसले उक्त निर्णय गरेको समेत विज्ञप्तिमा उल्लेख छ ।

टिप्पणीहरू