जमलमा विघटनविरुद्ध सबै जुटे

जमलमा विघटनविरुद्ध सबै जुटे

संविधान निगरानी समूहले प्रतिनिधिसभा विघटन गर्ने प्रधानमन्त्री केपी शर्मा ओलीको कदमविरुद्ध जमलको एल्लो पगोडा होटेलमा अन्तरक्रिया कार्यक्रम गरेको छ । ‘प्रतिनिधिसभा विघटन संवैधानिक व्यवस्था र वर्तमान चुनौती’ विषयमा समूहको कार्यक्रम जारी छ ।

कार्यक्रममा विभिन्न राजनीतिक दलका नेता,पूर्वप्रधानन्यायाधीशहरु,वरिष्ठ अधिवक्ता,संवैधानिक कानुनका जानकार लगायतको उपस्थिति छ । अन्तरक्रियामा नेकपाका नेता तथा पूर्वप्रधानमन्त्री माधव नेपाल, जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष तथा पूर्वउपप्रधानमन्त्री उपेन्द्र यादव, नेपाली काँग्रेसका नेता मिनेन्द्र रिजाल, जसपाका नेताद्वय लक्ष्मणलाल कर्ण, जीतेन्द्र देव, नेकपाका नेता रामनारायण बिडारीलगायतको उपस्थिति रहेको छ ।

त्यसैगरी, पूर्वप्रधानन्यायाधीशद्वय कल्याण श्रेष्ठ र सुशीला कार्की, वरिष्ठ अधिवक्ता खिमलाल देवकोटा,प्रा।डा।शिलु बज्राचार्य, नेपाल कानून समाजका कार्यकारी निर्देशक कृष्णमान प्रधान पनि कार्यक्रममा उपस्थित हुनुहुन्छ ।

संसद विघटनविरुद्ध राजनीतिक दल,नागरिक समाज,विभिन्न संघसंस्थालगायतले देशव्यापी आन्दोलन चर्काइरहेको बेला पूर्वप्रधानन्यायाधीशहरुसहितको छलफललाई निकै महत्वका साथ हेरिएको छ ।

टिप्पणीहरू