बिप्लवका पत्रकार फेरि बिभाजित

बिप्लवका पत्रकार फेरि बिभाजित

विप्लव नेकपाको हालै बसेको बैठकले “जनपत्रकार संगठन नेपाल”को संयोजकमा शेरबहादुर बिक ‘दर्शन’लाई ल्याएर प्रकाश डुम्रेलाई प्रचार र मानवअधिकार हेर्ने बिभागमा सरुवा गरेको छ ।

अछाम घर भएका बिकलाई प्रहरीले बम विस्फोट,चन्दा असुली, राज्यविरुद्धको अपराधअन्तर्गत खोजी गरिरहेको छ ।
हालकी सचिव सिर्जना तिम्सिना, कोषाध्यक्ष जानकी चौधरीले संगठनमा बस्न अस्वीकार गरेपछि बिकले सबै पदाधिकारीलाई विदाइ गरिएकाे विज्ञप्ति जारी गरेका छन् । विज्ञप्तिमा २०७८ बैशाखमा सम्मेलन गरी संयोजक समिति बनाइएको उल्लेख छ ।

संगठनका अध्यक्ष प्रकाश डुम्रे र महासचिव हिम बिस्ट प्रचार बिभागतिर सरुवा भएका छन् ।  विप्लवका एक पार्टी केन्द्रीय सदस्यले भने- ‘अहिले पार्टी केन्द्रको निर्णय दुबै संगठनलाई मिलाउने गरी भएको हो । तर, पत्रकारिताकै क्षेत्रबाट आएका नेताहरु हुँदाहुँदै बाहिरबाट विकल्प खोजिनु दुर्भाग्यपूर्ण भयो, हामीले नेतृत्वलाई पत्रकारितामै स्थापित साथीहरुमध्येबाट दुबै संगठन मिलाउने गरी एकजनालाई जिम्मेवारी दिनुपर्छ भन्ने सुझाव दिएका थियौं तर त्यो भएन” ती केन्द्रीय सदस्यले भने ।

पार्टीमाथिको प्रतिबन्धपछि अछामको रामारोशन गाउँपालिका बाटुलासैनमा प्रहरी गस्तीमाथि भएको आक्रमणका क्रममा बिक घाइते भएका थिए । घाइतेपछि उनी हालसम्म काठमाडौंमै छन् । उनी अहिले पार्टीको एक प्रकाशनमा जोडिएका छन् ।

बिक नेपाल पत्रकार महासंघको साधारण सदस्य समेत छैनन् । उनी पार्टी प्रवक्ता खड्कबहादुर विश्वकर्मा निकट भएकै कारण जनपत्रकार संगठनकै बहुमत सदस्यले बहिस्कार गर्दागर्दै पनि संयोजक बनाएको बताइएको छ ।

टिप्पणीहरू