विवादित पुरस्कार रद्द

विवादित पुरस्कार रद्द

पुरस्कार दिनुपर्ने दुई जनालाई । तर नाम घोषणा भइसकेपछि दुवैले लिन्न भने । सामाजिक सञ्जालमा विरोध र समर्थन उस्तै छ । लिनेले नै लिन्न भनेपछि गतवर्षको पद्मश्री पुरस्कार र पद्मश्री साधना सम्मान रद्द भएको छ ।

खेमलाल–हरिकला लामिछाने समाज कल्याण प्रतिष्ठानले २०७६ सालकोे पद्मश्री साहित्य पुरस्कार समालोचक तथा उपन्यासकार सञ्जीव उप्रेतीको उपन्यास ‘हंस’ लाई र पद्मश्री साधना सम्मान साहित्यकार मोदनाथ प्रश्रितलाई दिने निर्णय सार्वजनिक गरेलगत्तै सामाजिक सञ्जालमा तीव्र विरोध भएको थियो

विरोध साहित्यकार मोदनाथ प्रश्रितलाई सम्मान गरिन लागेकोमा थियो । उहाँबाट पटक पटक यौनहिंसामा परेकोबारे शारदा भुषाल झाले आफ्नो पुस्तक धरातलमा बेलिविस्तार लगाउनुभएको छ। २०७२ सालमा प्रकाशित सो पुस्तकमा ७ महिनासम्म आफूलाई प्रश्रितले बन्दी बनाएर बलात्कार गरेको उल्लेख छ ।

सोही विषयमा पुरस्कार घोषणा भएका उपन्यासकार सञ्जिव उप्रेतीले यौनहिंसाको आरोेप लागेका व्यक्तिसँग एउटै मञ्चमा उभिएर पुरस्कार लिन नसक्ने बताउनुभयो । सोमबार फेरि सञ्चारमाध्यम र सामाजिक सञ्जालमा अर्का व्यक्ति मोदनाथ प्रश्रितले पनि पुरस्कार नलिने घोषणा गरेको खबर आए ।

उहाँको नाममा जारी भएको प्रेस विज्ञप्तीमा ‘अप्रमाणित विषय सुनियोजित रूपमा उठान गरी मेरो चरित्र हत्या गर्न केही व्यक्ति तथा समूह लागेको सन्दर्भमा मैले यो पुरस्कार नलिने निश्चय गरेको व्यहोरा सूचित गर्दछु ।’ भनिएको छ ।

हरेक वर्ष कोजाग्रत पूर्णिमाको दिन अर्पण गरिँदै आएकोमा यस पटक कोरोना कहरका कारण अल्मलिएको पुरस्कार विवादित बनेपछि र दुवै पुरस्कृत व्यक्तिले पुरस्कार नलिने बताएपछि प्रतिष्ठानले विज्ञप्ती नै जारी गरेर रद्द गरेको हो ।

‘पुरस्कार घोषणा भएपछि केही विवाद र असहज परिस्थिति सिर्जना भएको तथा सम्मानित र पुरस्कृत दुवै प्रतिभाले छुट्टा छुट्टै विज्ञप्ति निकाली पुरस्कार अस्वीकार गर्ने घोषणा गरेको असहज परिस्थितिमा पूर्वघोषित सम्मान तथा पुरस्कारको घोषणा आकस्मिक बैठकले रद्द गरेको छ ।’ विज्ञप्तिमा भनिएको छ

टिप्पणीहरू