देउवाको बटम लाइन दुई र तीन « Jana Aastha News Online
Logo
७ माघ २०७८, शुक्रबार
|  Fri Jan 21 2022

देउवाको बटम लाइन दुई र तीन

प्रकाशित मिति :  १ आश्विन २०७७, बिहीबार १७:००


संवैधानिक अङ्गको रिक्त पदमा नियुक्तिको विषयलाई लिएर बालुवाटारमा प्रधानमन्त्री केपी शर्मा ओली, नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र विपक्षी दलका नेता शेरबहादुर देउवाबीच लामै छलफल भएको छ । छलफलमा नेकपा महासचिव विष्णु पौडेल र काँग्रेस नेता रमेश लेखकको समेत सहभागिता थियो ।

महत्वपूर्ण संवैधानिक अङ्ग सबै ठाउँमा काँग्रेसको भागमा दुई जना र तीन वटा निकायमा प्रमुखसहित दुई जना हुनुपर्ने बटम लाइन देउवाको छ। सबै संवैधानिक निकायमा प्रमुखसहित पाँच जना हुने व्यवस्था छ  ।

यतिखेर अख्तियारमा तीन जना आयुक्तको पद खाली छ । एकजना काँग्रेस कोटाकी सावित्री गुरुङको म्याद चैतसम्म छँदैछ । त्यसैगरी निर्वाचन आयोगमा दुई जना आयुक्तको पद खाली छ भने लोकसेवा आयोगमा पनि त्यस्तै छ ।

त्यसैगरी वित्त, समावेशी, दलित, महिलालगायतका आयोगमा अध्यक्ष लगायतका धेरै पद लामो समयदेखि खाली छ ।


प्रतिक्रिया दिनुहोस !