स्यानिटाइजर गडबडीमा को-को सेकिए ?

स्यानिटाइजर गडबडीमा को-को सेकिए ?

कोरोना भाइरसको संक्रमणले विश्वलाई नै हल्लाइरहेको बेला एकथरि व्यवसायी र व्यापारी आफ्नो दुनो सोझ्याउने मेसोमा व्यस्त छन् ।

नेपालमा समेत मौकामा चौका हान्ने गरी केही कम्पनीले गुणस्तरहीन ह्याण्ड स्यानिटाइजर उत्पादन गरेको भेटिएको छ । राष्ट्रिय औषधी प्रयोगशालामा हालै गरिएको परीक्षणमा काठमाडौंका चार र भक्तपुरको एउटा स्यानिटाइजर कम्पनीको उत्पादन गुणस्तरहीन पाइएको हो ।

गुणस्तरहीन ह्याण्ड स्यानिटाइजरको उत्पादन तथा बिक्री वितरण तत्काल रोक्न निर्देशन दिँदै सर्वसाधारणलाई ती उत्पादनको प्रयोग नगर्नसमेत औषधी व्यवस्था विभागले अनुरोध गरेको छ । गुणस्तरहीन ह्याण्ड स्यानिटाइजर उत्पादन गर्ने कम्पनीहरूमा काठमाडौंका हाइजिन सोप एण्ड केमिकल प्रा. लि.,अधर केमिकल्स एण्ड फुड इण्डष्ट्री प्रा.लि.,सर्च केम कुम हर्बल प्रडक्टस,सूर्यमुखी हर्बल प्रडक्टस र भक्तपुरको नेपाल कायाकल्प उद्योग रहेका छन् ।

माग अचाक्ली बढेपछि कमसल गुणस्तरको सामाग्री पनि बिक्री गर्न सकिने मनोबलमा उक्त हर्कत् गरिएको बताइएको छ । विश्व स्वास्थ्य संगठनको मापदण्डअनुसार कोरोना सङ्क्रमणबाट जोगिन हरेक स्थानमा स्यानिटाईजरको व्यवस्था गर्नुपर्ने भएपछि अहिले विश्वमै यसको खपत बढेको छ ।

टिप्पणीहरू