संयुक्त रास्ट्रसंघमा नेपालको नयाँ नक्सा

संयुक्त रास्ट्रसंघमा नेपालको नयाँ नक्सा

कालापानी, लिपुलेक र लिम्पियाधुरा समावेश भएको (चुच्चोसहितको) नक्साले देश–विदेशमा तरंग पैदा गरिरहेको बेला नेपालको तर्फबाट अर्को काम हुँदैछ,त्यही नक्साको अंग्रेजी संस्करण प्रकाशन गरी बिदेश पठाउने  ।

त्यसका लागि नेपाली सेना र नापी विभागका प्रतिनिधिसहितको एउटा कार्यदल बनिसकेको छ । आइबिएस सफ्टवेयरलाई पनि  यो सिलसिलामा जोड्ने तयारी भएको छ ।

नेपाल सरकारका तर्फबाट नयाँ नक्सा संयुक्त राष्ट्रसंघ मुख्यालय न्यूयोर्कमा चिठीसहित गएको दुई साता भइसक्यो । यसबाहेक सोही नक्सालाई विदेशस्थित नेपालका विभिन्न कूटनीतिक नियोगमा पठाइँदैछ ।

वेभ सर्च इञ्जिन गुगलले आफूखुशी चुच्चोसहितको नक्सा आफ्नो नयाँ संस्करणमा समावेश गरेको छ । तर,नेपाल सरकारको तर्फबाट गुगललाई अलग्गै चिठी लेखेर आधिकारिक रुपमै नक्सा पठाइएको छ ।

टिप्पणीहरू