नेपाली आकाशमा आसन्न खतरा

नेपाली आकाशमा आसन्न खतरा

नेपाल नागरिक उड्डयन प्राधिकरण, कम्युनिकेसन एण्ड नेभिगेसन एड डिपार्टमेन्ट, सिनामंगलले विभिन्न आन्तरिक विमानस्थलका लागि खरिद गर्न लागेको एक्सरे मेसिन, खरिदसम्बन्धी बोलपत्रमा अनियमितता भएकाले सो सम्बन्धमा यथार्थ उजागर गरिदिनुहुन अनुरोध छ ।

थाहा भएका विषयहरू निम्नअनुसार छन् :

१) व्यापारीसँगको मिलेमतोमा कम इफिसेन्सी भएका कारण संसारबाटै फेज आउट हुन लागिसकेको सिंगल भ्यु ब्यागेज एक्सरे मेसिन खरिद गर्न लागिएको छ । बढी मूल्यमा खरिद गर्दा कमिसन पाइने कारण ग्रान्ड फादर टेक्नोलोजीको एक्सरे मेसिन खरिद गर्न खोजिएको हो ।

२) उक्त खरिद कार्यको टेक्निकल स्पेसिफिकेसन बनाउने, कस्ट इस्टिमेट गर्ने र बोलपत्रको मूल्यांकन गर्ने सबै व्यक्ति एउटै छन् । सो कार्यमा इन्जिनियरहरू उपज ढकाल र सुन्दरप्रसाद पकुवाल संलग्न रहेको र अन्य टेण्डरमा पनि महावीश्री इन्टरनेशनलसँग मिलेमतो हुने गरेको छ ।

३) करिब ७ करोड ७० लाखको उक्त खरिद कार्यका लागि सिद्धिविनायक ट्रेडर्स, एलमेक तथा सेक्युर अलार्म, प्यासिफिक कमर्सियल कम्पनी, शेखर ट्रेडिङ र महावीर श्री इन्टरनेशनलले बोलपत्र हालेकोमा सिद्धिविनायक इन्टरप्राइजेजले हालेको सामानको मान्डाटरी रिक्वायरमेन्टको रूपमा रहेको टीएसए एयर कार्गो स्क्रिनिङ टेकनोलोजी लिस्ट–एसीएसटीएल भर्सन ११–१ नै नरहेको बताइन्छ ।

४) खरिद कार्यमा संलग्न प्राविधिकहरूको मिलेमतोमा सबैभन्दा बढी कबोल गर्ने महावीर श्री इन्टरनेशनललाई बोलपत्र दिने निर्णय भई सोसम्बन्धी आशयको सूचनासमेत प्रकाशन भएको छ । बोलपत्र दिनेसम्बन्धी आशयको सूचनामा सामानको मात्रा घटाइएको छ । टेक्निकल स्पेसिफिकेसनलगायत रिक्वायरमेन्ट पूरा गर्ने कम मूल्यका बोलपत्र स्वीकृत नगरी २ करोडभन्दा बढी बोलपत्र स्वीकृत गरिएको हो ।

५) उक्त खरिद कार्यमा संलग्न रहेका कम्पनी सिद्धिविनायक इन्टरप्राइजेज र महावीश्री इन्टरनेसनल एकै व्यक्ति शिवप्रसाद खेम्कासँग सम्बन्धित रहेकाले मिलेमतोसमेत देखिन्छ ।

६) क्यानको इलेक्ट्रिकल, मेकानिकल र कम्युनिकेसनसँग सम्बन्धित अधिकांश टेन्डर क्यानका उच्च अधिकारीहरूसँगको मिलेमतोमा महावीर श्री इन्टरनेशनललाई प्रदान गर्ने गरिएको छ । महावीर श्री इन्टरनेशनलले पाएका करिब ९० प्रतिशत टेन्डर सबैभन्दा बढी मूल्य कबोल गरिएकामध्ये छन् ।

यस विषयमा थप जानकारीका लागि निम्न व्यक्तिलाई सम्पर्क गर्दा उचित हुने देखिन्छ :
१. राजन पोखरेल डीजी, क्यान, ९८५१०७८१४
२. राजकुमार क्षेत्री, डीजी, क्यान, ९८५१०६७८२४
३. हंसराज पाण्डे, डाइरेक्टर, क्यान, ९८४१९२७५८१
४. स्निज श्रेष्ठ, प्यासिफिक, ९८५१०१७१७१
५. शिव खड्का, महावीर श्री, ९८०१०२५८८६
६. शेखर ट्रेडिङ, http://shekhartrading=com/index=php/contact-us

– सञ्जय ताम्राकार, पाको, न्युरोड, काठमाडौं

टिप्पणीहरू