एन आई सी एशिया बैंकद्वारा बीमा रकम भुक्तानी !

एन आई सी एशिया बैंकद्वारा बीमा रकम भुक्तानी !

एन आई सी एशिया बैंकले गत चैत्र महिनामा खातावालालाई बचतसँगै बीमा सुविधा उपलब्ध गराउने उद्देश्यले बैंकले बचतमा नै बीमा सुविधा ग्राहक महानुभावहरू माझ ल्याएको थियो ।

बैंकले ग्राहक महानुभावहरू माझ ल्याएको अतुलनीय तथा असिमित सुविधा भएको चमत्कारिक तथा सुपर चमत्कारिक बचत खाता योजनाअन्तर्गत घातक रोग उपचार बीमा वापत एन आई सी एशिया बैंकका दुई जना ग्राहक महानुभावहरूलाई रू.१५ लाख प्रतिव्यक्तिका दरले रू.३० लाख बीमा रकम भुक्तानी गरेको छ ।

चमत्कारिक बचत खाता ‘डायमण्ड’ श्रेणीमा खाता खोल्नु भएका नवलपरासी स्थित भुमई निवासी दिपक श्रेष्ठलाई क्यान्सर रोगको उपचार वापत र सुपर चमत्कारिक बचत खाता ‘डायमण्ड’ श्रेणीको खाता खोल्नुभएका काठमाडौंस्थित बुढानिलकण्ठ निवासी बसन्त राज कुँवरको श्रीमती पूजा कुँवरलाई क्यान्सर रोगको उपचार वापत उक्त रकम भुक्तानी गरिएको जानकारी बैंकका नायब प्रमुख कार्यकारी अधिकृत सुधिर नाथ पाण्डेले दिनुभयोे ।

सुपर चमत्कारिक बचत खातामा खातावालाको साथै निजको परिवारका सदस्यका लागि पनि बीमा सुविधा उपलब्ध रहेको छ । श्रेष्ठलाई शिखर इन्स्योरेन्स र कुँवरलाई एभरेष्ट इन्स्योरेन्सको सहकार्यमा उक्त बीमा दावी रकम बैंकले भुक्तानी गरेको बैंकका प्रमुख सूचना अधिकारी पाण्डेले बताउनु भयो ।

टिप्पणीहरू