कहाँ हो तिम्रो घर कहाँ…

कहाँ हो तिम्रो घर कहाँ…

कहाँ हो तिम्रो घर कहाँ बस्ने गरेकि छौ
सँधै मेरो सपनीमा कसरी आउँछौ ?

हेरिरहन्छु आँखामा मोहनी लाग्ने बोली छ
हँसिलो तिम्रो अनुहार हेरिरहुँ लाग्छ
ईश्वरले बनाएकि अलौकिक परी जस्तै लाग्छौ
कहाँ हो तिम्रो घर कहाँ बस्ने गरेकि छौ ?

यो मन खुसी हुन्छ तिमीले यता हेरिदिँदा
हल्लिन्छ यो मुटु मेरो तिमीले मस्केर बोलिदिँदा
सुन्दर रुप तिम्रो स्वर्गकि परी जस्ति देखिन्छौ
कहाँ हो तिम्रो घर कहाँ बस्ने गरेकि छौ ?

गोविन्दराज ओझा (राजन)
सिलगढी न.पा. २, दिपायल, डोटी ।

टिप्पणीहरू