चिनियाँ राष्ट्रिय दिवसको अघिल्लो दिन सि चिन्फिङ्ग खुल्ला मैदानमा

चिनियाँ राष्ट्रिय दिवसको अघिल्लो दिन सि चिन्फिङ्ग खुल्ला मैदानमा

चीनमा आज शहीद दिवस धुमधामका साथ मनाइएको छ । भोलि अक्टोबर १ तारिखका दिन चीनले राष्ट्रिय दिवस मनाउँदैछ ।

शहीद दिवसका दिन राष्ट्रपति सि चिन्फिङ्गलगायत शीर्ष नेताहरु थिआनमन् स्क्वायरमा आयोजित विशेष समारोहमा उपस्थित भएर वीर शहीदहरुको सम्मानमा पुष्प अर्पण गरेको चिनियाँ समाचार समिति सिन्ह्वाले जनाएको छ ।

चीनमा राष्ट्रिय दिवसको अघिल्लो दिन शहीद दिवस मनाउने चलन छ । सन् १९४९ अक्टोबर १ तारिखका दिन जनगणतन्त्र घोषणा गरिएसङ्गै राष्ट्रिय दिवस मनाउन थालिएको हो ।

फोटो : सिन्ह्वा

टिप्पणीहरू