२४ घण्टामा ५४ जनामा कोरोना पुष्टि

२४ घण्टामा ५४ जनामा कोरोना पुष्टि

पछिल्लो २४ घण्टामा मुलुकभर ५४ जनामा कोरोना संक्रमण देखिएको छ । ३८ सय २९ जनामा गरिएको परीक्षणमा उक्त संख्यामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

१७ सय २९ जनामा गरिएको पीसीआर परीक्षणमा ४२ र २१ सय जनामा गरिएको एन्टिजेन परीक्षणमा १२ जनामा संक्रमण देखिएको हो ।

सो अवधिमा ७६ जना कोरोना संक्रमित निको भएका छन् । हाल देशभर ११ सय ४४ जना कोरोनाका सक्रिय संक्रमित छन् । आज कोरोना संक्रमणबाट कसैको ज्यान गएको छैन ।

टिप्पणीहरू