डलरसहित एअरपोर्टबाट विदेशी नागरिक पक्राउ

डलरसहित एअरपोर्टबाट विदेशी नागरिक पक्राउ

अवैध रुपमा विदेश लैजान लागिएको रकमसहित एक विदेशी नागरिक त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट समातिएका छन् । विमानस्थलको ह्याण्ड ब्याग चेकिङ एरियामा झोला स्क्यान गर्दा ठूलो परिमाणमा नगद भेटिएपछि थाईल्याण्डका ३८ वर्षीय पोङफोज सिन्सुवानलाई तत्काल प्रहरीले पक्राउ गरेको हो ।

झोला एक्सरे मसिनमा स्क्यान गर्दा उनले लुकाइ राखेको छिरविरे रंगको झोलामा अमेरिकी डलर १५ हजार सात सय १५ र अष्ट्रेलियन डलर ५८ हजार चार सय फेला परेको विमानस्थल प्रहरीले जानकारी दिएको छ ।

बरामद रकमसहित पोङफोजलाई नियन्त्रणमा लिएर प्रहरीले आवश्यक अनुसन्धान तथा कारबाहीका निम्ति राजश्व अनुसन्धान विभागमा बुझाएको छ ।

टिप्पणीहरू