कुलमान घिसिङलाई अरिङ्गाल पोल्ने मान्छे चाहियो

कुलमान घिसिङलाई अरिङ्गाल पोल्ने मान्छे चाहियो

नेपाल विद्युत प्राधिकरणका पीडा र अप्ठेरा पनि अचम्मका छन् । प्राधिकरणका ठूला प्रशारण लाइन अड्याउन ठड्याइएका टावरमा अरिङ्गालले गोलो लगाएपछि काम ठप्प भएको छ । अरिङ्गालका कारण कामदार सो क्षेत्रमा जान नसक्दा प्राधिकरणले गोलो पोल्ने मान्छे खोजेको हो ।

प्राधिकरणको काठमाडौं ग्रीडका इञ्जिनियरले सामाजिक सञ्जालमार्फत् अरिङ्गालको गोलो पोल्ने मान्छे खोजेका छन् । इञ्जिनियर विनोद लोहनीले मातातीर्थस्थित प्रशारण टावरमा अरिङ्गालको गोलोका कारण जम्पर जोड्न नसकिएकाले गोलो पोल्न सक्ने मान्छे चाहिएको भन्दै सामाजिक सञ्जालमा खबर गर्न आग्रह गरेका छन् ।

उनले त्यस्तो गोलो पोल्न सक्ने मान्छेबारे कसैलाई थाहा भएमा आफूलाई सम्पर्क गर्न अनुरोध गर्दै टेलिफोन नम्बर उपलब्ध गराएका हुन् ।

टिप्पणीहरू