भन्सार छलेर सुन ल्याएका तीन भाइलाई भन्सार पुर्याइयो

भन्सार छलेर सुन ल्याएका तीन भाइलाई भन्सार पुर्याइयो

विदेशबाट अवैध रुपमा सुन ल्याएका तीन युवक समातिएका छन् । हिमालय एयरलाइन्सको उडानमा दुबईबाट काठमाडौं आएका उनीहरुलाई आज प्रहरीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट सुनसहित नियन्त्रणमा लिएको हो ।

पक्राउ परेकामा मोरङका हिमाल पौडेल, सुर्खेतका कविन्द्र विश्वकर्मा र कालिकोटका जीवराज बम हुन् । उनीहरुको साथबाट भन्सार छलेर ल्याइएको एक सय ग्राम सुन बरामद गरिएको प्रहरीले जनाएको छ ।

पक्राउ परेका तीनै जनालाई आवश्यक कारबाहीको लागि सुनसहित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयमा पठाइएको छ ।

टिप्पणीहरू