म्यान्मारको विद्यालयमा सैन्य आक्रमण, ७ बालबालिकाको मृत्यु

म्यान्मारको विद्यालयमा सैन्य आक्रमण, ७ बालबालिकाको मृत्यु

म्यान्मारको एउटा विद्यालयमा भएको सैन्य आक्रमणमा सात जना बालबालिकाको ज्यान गएको छ । सेनाले हेलिकप्टरबाट गरेको आक्रमणमा थप छ जनाको मृत्यु भएको छ ।

प्रजातन्त्र समर्थक विद्रोही र उनीहरूलाई सहयोग गर्नेहरूमाथि सैन्य सरकारले आक्रमण गर्ने क्रममा उक्त घटना भएको बताइन्छ । गत शुक्रबार सागिङ क्षेत्रको ताबायिनमा ती बालबालिका मारिएका हुन् ।

गत वर्ष सेनाले सत्ता कब्जा गरेपछि भएको बालबालिकाको यो हताहती हालसम्मकै सबैभन्दा ठूलो हो ।

सैन्य शासनविरुद्ध अहिंसात्मक विरोध भएपछि सैनिक र प्रहरीले मुलुकभर घातक कारबाही थालेका छन् । राष्ट्रसंघीय बालकोषको पछिल्लो प्रतिवेदनअनुसार सो क्षेत्रमा सेनाले डरलाग्दो कारबाही गरेको गर्ने क्रममा गाउँका अधिकांश घर जलाइएका छन् ।

उक्त गाउँबाट मात्रै हालसम्म पाँच लाखबढी विस्थापित भइसकेका छन् ।

टिप्पणीहरू