महारानीको अन्त्येष्टिमा हिथ्रो विमानस्थल ठप्प

महारानीको अन्त्येष्टिमा हिथ्रो विमानस्थल ठप्प

बेलायतकी दिवंगत महारानी एलिजाबेथ द्वितीयाको शवयात्राका कारण हिजो राजधानी लण्डन वरिपरिको आकाशमा हवाई उडानमा प्रतिबन्ध लगाउँदा व्यस्त हिथ्रो विमानस्थल ठप्प भएको छ ।

बकिंघम प्यालेसबाट वेस्टमिनिस्टर हलसम्म महारानीको शव लैजान क्रममा सडक अवरुद्ध भएपछि उडानमा प्रतिबन्ध लगाइएको हो । विमानस्थलले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘शवयात्राका समय हुनसक्ने सम्भावित होहल्लालाई रोक्न उडानलाई केही समय अवरुद्ध गर्नुपरेको हो ।’

बेलायतको ब्रिटिस एयरवेजले धेरै वटा उडान रद्द गरेको थियो । त्यसैगरी त्यहाँको नागरिक उड्डयन प्राधिकरणले गत १० दिनदेखि २५ सय फिट (७६० मिटर) भन्दा तल उड्ने ड्रोनलगायत गैरमानक विमानहरू माथि पनि प्रतिबन्ध लगाएको थियो ।

टिप्पणीहरू