वारी चार किलो, पारी डेढ किलो चरेस समातियो

वारी चार किलो, पारी डेढ किलो चरेस समातियो

मनिष गुप्ता

कपिलवस्तुको कृष्णनगरबाट एक जना चरेससहित पक्राउ परेका छन् । झोलाभित्र लुकाएर लैजाँदै गरेको अवस्थामा झण्डै चार किलो चरेस बरामद भएको हो ।

दाङका मोमत जोगीले बोकेको झोलामा तीन किलो नौ सय ग्राम चरेस सशस्त्र प्रहरी बलको बिओपी कृष्णनगरबाट खटिएको टोलीले फेला पारेको हो । बलका प्रहरी निरिक्षक जोगेन्द्र केसीको कमाण्डमा खटिएको टोलीले हिजो साँझ कृष्णनगर नगरपालिका–३ लक्ष्मीनगरबाट जोगीलाई पक्राउ गरेको हो ।

दाङको घोराही उप–महानगरपालिका–१०, नरैनापुर बस्ने २७ वर्षीय मोमत जोगीलाई पक्राउ गरिएको सशस्त्र प्रहरीका डिएसपी मेघराज जोसीले बताए । उनलाई कारबाहीको निम्ति इलाका प्रहरी कार्यालय कृष्णनगरमा बुझाइएको छ । चरेस बोेकेका भनिएका जोगीलाई अनुसन्धान प्रक्रियामा लगिएको इलाका प्रहरी कार्यालय कृष्णनगरले जनाएको छ ।

हिजै भारतको बढनीस्थित एसएसबिले लगभग डेढ किलोग्राम चरेससहित अर्का एक जनालाई पक्रेको भारतीय प्रहरीलाई उद्धृत गर्दै स्रोतले बताएको छ ।

टिप्पणीहरू