भारतविरुद्ध ऐतिहासिक जित निकाल्दै नेपाल फाइनलमा प्रवेश

भारतविरुद्ध ऐतिहासिक जित निकाल्दै नेपाल फाइनलमा प्रवेश

पाँच पटकको विजेता भारतलाई हराउँदै नेपाल महिला साफ च्याम्पियनसिप फुटबलको फाइनल प्रवेश गरेको छ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको खेलमा नेपालले भारतलाई १-० गोल अन्तरले पराजित गरि फाइनलमा स्थान पक्का गरेको हो ।

नेपालका लागि पहिलो हाफमा रश्मि कुमारी घिसिङले गोल गर्दै अग्रता दिलाएकी थिइन् । पहिलो हाफको इन्जुरी समयमा उनले गरेको गोल नै नेपाललाई फाइनल प्रवेश गराउन निर्णायक बनेको हो ।

महिला साफमा भारतमाथि नेपालको यो पहिलो जितसमेत हो । नेपालले अब उपाधिका लागि फाइनलमा बंगलादेशको समाना गर्नेछ ।

टिप्पणीहरू