मान्छे मर्दा उल्टै किन बढ्छ संख्या ?

मान्छे मर्दा उल्टै किन बढ्छ संख्या ?

गणेशमान सिंहले ०१६ सालमा शिलान्यास गरेको चन्द्रागिरि डाँडोको टुप्पो हुँदै जाने थानकोट–चित्लाङ मार्ग स्तरोउन्नति गर्ने नाममा ढुंगाचोर गिरोह सक्रिय रहेको पाइएको छ । सो गिरोहका मुख्य नायकको रूपमा एमालेबाट बागमती प्रदेश सभा सदस्यको निम्ति सिफारिस भएका मकवानपुर थाहा नगरपालिका ९ का सुवाषचन्द्र ठकुरी, सीमावर्ती क्षेत्र चन्द्रागिरि नगरपालिका–९ का बुद्धरत्न मानन्धर र राष्ट्र बैंकबाट रिटायर्ड भएका मानसिंह बस्नेत रहेका छन् ।

उनीहरूले सो सडक खण्ड निर्माण गर्ने व्यवसायीलाई आफूहरूलाई पेटी कन्ट्रयाक्टरको रूपमा काम नदिए सडक बनाउन अवरोध गर्ने भन्दै हैरान पारेका थिए । काम खोस्नुको मुख्य कारण त्यस सडक खण्डमा देखिएको ढुंगा र वन्य उत्पादन  रहेको बताइन्छ । तीन वर्षदेखि पेटी कन्ट्रयाक्टर बनेका ठकुरीहरूले पावर र पहुँचका आधारमा ‘सडक निर्माण हुँदैछ’ र ‘बाटो बन्द छ’ भन्ने सूचना बोर्ड दिनभरि राखेर यात्रुवाहक सवारी साधन चल्न दिएका छैनन् भने सडक विस्तारको नाममा ढुंगा फुटाउँदै सडकमैं चट्टा बनाएर राख्ने गरेका छन् ।

दिनभरजसो ढुंगा खोतल्ने, फुटाउने र सडक ढाकेर चट्टा बनाउँदै राखेका ढुंगा राति भने हराउने गरेका छन् । हराएको ढुंगा नजिकै पानीघाटमा खडा गरिएको क्रसर मेसिनमा ओसार्ने गरिएको छ । उनीहरूले कमाएको अड्कल गर्ने हो भने सम्पत्ति शुद्धिकरणलाई डाक्नुपर्ने बेला भएको चर्चा गाउँघरतिर शुुरु भएको छ । साँच्चै पहिरो जाँदा त ढुंगाचोर गिरोहले बिमा दाबी गर्दै ढुंगा बेच्ने गरेको छ ।

गत महिनामात्रै बाटो धसिँदा निकालिएको ढुंगा बेचेर २२ लाख रूपैयाँ आम्दानी गरेका थिए । यसले ‘चौध वटा थियो, एउटा मरेर १५ वटा भयो’ भन्दै खुशी हुने एक जना लोभी ब्राह्मणको कथा सम्झाएको छ । एउटा म¥यो भन्नुको अर्थ गाई होइन मानिस हो । मानिस मरेपछि गाई दानमा प्राप्त हुने भएकोले १४ संख्या बढेर १५ गाई हुन पुगेको हो ।

टिप्पणीहरू