एमाले मुख्यालयमा अमेरिकी राजदूतको विदाइ भेट

एमाले मुख्यालयमा अमेरिकी राजदूतको विदाइ भेट

नेपालका लागि अमेरिकी राजदूत रेण्डी बेरीले एमाले अध्यक्ष केपी शर्मा ओलीलाई भेटेका छन् । आज अपराह्न एमाले मुख्यालय च्यासल पुगेर उनले ओलीसंग बिदाई भेट गरेका हुन् ।

नामिबियाको लागि राजदूत नियुक्त भएका बेरी छिट्टै नेपालबाट बिदा हुँदैछन् । त्यसअघि उनले प्रमुख राजनीतिक दलका नेता,मन्त्री,सुरक्षा निकायका प्रमुखलगायतसँग बिदाई भेट गरिरहेका छन् । हिजोमात्र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग खुमलटार पुगेर भेट गरेका थिए ।

प्रधानसेनापति प्रभुराम शर्मा,गृहमन्त्री बालकृष्ण खाँणसँग पनि राजदूतले बिदाई भेट गरिसकेका छन् ।

टिप्पणीहरू