सुनका गरगहना लुटेर अर्कै बनाउने गिरोह सक्रिय

सुनका गरगहना लुटेर अर्कै बनाउने गिरोह सक्रिय

विगत लामो समयदेखि सुनका गरगहना लुटपाटमा सक्रिय चार जना पक्राउ परेका छन् । भक्तपुर र काभ्रेका विभिन्न स्थानमा लुटपाट गर्ने उनीहरुलाई हिजो प्रहरीले सार्वजनिक गरेको हो ।

पक्राउ पर्नेमा बुद्ध तामाङ, बिशाल राई, आर्यन माझी र सुदिप भण्डारी रहेका छन् । उनीहरुले दुई जिल्लामा लामो समयदेखि सुनका गरगहना लगाएका व्यक्तिहरुलाई पिछा गर्दै एकान्तको मौका छोपी लुटपाट गर्ने गरेको प्रहरी परिसर भक्तपुरका प्रहरी नायब उपरिक्षक राजु पाण्डेले बताए ।

यसैगरी विभिन्न व्यक्तिबाट लुटेको सुनको स्वरुप परिवर्तन गर्ने थप दुई जना पक्राउ परेका छन् । चाबहिल काठमाडौँबाट चन्द्र बहादुर बिक र भारतीय अमोल भोसलेलाई नियन्त्रणमा लिएको प्रहरी नायब उपरिक्षक पाण्डे जानकारी दिए । उनीहरुको साथबाट दुई तोला सुन समेत बरामद गरिएको छ ।

सुन लुटपाटमा गिरोह नै संलग्न हुन सक्ने भन्दै उनले अन्य व्यक्तिहरुको खोजतलास भईरहेको बताए ।

टिप्पणीहरू