प्रतिबन्धित लागूऔषध सहित युवक समातिए

प्रतिबन्धित लागूऔषध सहित युवक समातिए

झापाबाट प्रतिबन्धित लागूऔषधसहित एक जना पक्राउ परेका छन् । बिर्तामोड नगरपालिका ६ घर भइ हाल सोही नगरपालिका ५ मा डेरा गरी बस्ने २८ वर्षीय मोहन राजवंशी लागूऔषधसहित पक्राउ परेका हुन् ।

अस्थायी प्रहरी पोष्ट नयाँ बसपार्कबाट खटिएको टोलीले उनी बस्ने कोठा चेक जाँच गर्दा उनको साथबाट लागूऔषध ब्राउन सुगर ५ ग्राम फेला परेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

उनलाई हिजाे नियन्त्रणमा लिएर थप अनुसन्धान गरिएको प्रहरीले बताएको छ ।

टिप्पणीहरू