साढे ७ घण्टाको तानातानमा पनि टिकेट फुत्केन

साढे ७ घण्टाको तानातानमा पनि टिकेट फुत्केन

आज प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सत्तारुढ पाँच दलीय गठबन्धनका शीर्ष नेताहरुको बैठक विना निश्कर्ष सकिएको छ । प्रधानमन्त्री शेरबहादुर देउवाको अध्यक्षतामा बसेको बैठकले भागबण्डा गर्न बाँकी ७५ सीटबारे कुनै निर्णय गर्न नसकेको बताइएको छ ।

बैठकमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड,वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, सम्मानित नेता झलनाथ खनालको उपस्थिति थियो ।

त्यसैगरी जसपा अध्यक्ष उपेन्द्र यादव,काँग्रेस नेतारु रामचन्द्र पौडेल, पूर्णबहादुर खड्का तथा राष्ट्रिय जनमोर्चाका उपाध्यक्ष दुर्गा पौडेलको पनि सहभागिता रह्यो । बैठकमा सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्की, हिमाल पुरीलगायतको उपस्थिति रहे पनि ठोस निर्णय हुन नसकेको सहभागीहरुले बताएका छन् ।

बैठक बिहान ९ बजेदेखि साँझ साढे ५ बजेसम्म बसेको हो । आज बिहानको खाना र दिउँसोको खाजासमेत बालुवाटारमा खानुभएका नेताहरुले सीट बाँडफाँडको टुंगो भने लगाउन सक्नुभएन ।

टिप्पणीहरू