डाक्टर बिरामी परेपछि शल्यक्रियामार्फत् ‘डेलिभरी’ बन्द

डाक्टर बिरामी परेपछि शल्यक्रियामार्फत् ‘डेलिभरी’ बन्द

जिल्ला अस्पताल, खोटाङले शल्यक्रियामार्फत् सुत्केरी गराउने कार्य बन्द गरेको छ । आजदेखि शल्यक्रियामार्फत् सुत्केरी गराउने कार्य बन्द गरिएको बताइएको छ ।

अस्पतालमा कार्यरत एनेस्थेसिया सहायक (अपरेशन गर्दा बिरामीलाई बेहोस बनाउने कर्मचारी) अस्वस्थ भई बिदामा बसेपछि सेवा बन्द गरिएको अस्पतालले जनाएको छ ।

अर्को आदेश नभएकासम्म शल्यक्रिया नगरिने अस्पतालले जारी गरेको सूचनमा उल्लेख छ । अस्पतालले भनेको छ, ‘यस कार्यालयमा कार्यरत एनेस्थेसिया सहायक (अपरेशन गर्दा बिरामीलाई बेहोस बनाउने कर्मचारी) अस्वस्थ भई बिदामा बसेको कारणले अर्को सूचना जारी नभएसम्मको लागि शल्यक्रियामार्फत डेलिभरी गराउन नसकिने व्यहोरा सम्पूर्ण सेवाग्राहीलाई सूचित गरिन्छ ।’

अस्पतालले सेवा बन्द गरेपछि सेवाग्राहीहरु मारमा परेका छन् । हाल अस्पतालमा एक जना मात्र एनेस्थेसिया सहायकको दरबन्दी छ ।

टिप्पणीहरू