म्यादी प्रहरी मागियो, पहिलेकालाई प्राथमिकता

म्यादी प्रहरी मागियो, पहिलेकालाई प्राथमिकता

नेपाल प्रहरीले आगामी प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि म्यादी प्रहरीको भर्ना खुलाएको छ । प्रहरी प्रधान कार्यालयले एक लाख १५ हजार म्यादी प्रहरी भर्नाको निम्ति विज्ञापन गरेको छ ।

इच्छुक नेपाली नागरिकले भदौ ३० देखि असोज ६ गतेसम्म दरखास्त दिनसक्ने छन् । आज प्रकाशित सूचनाअनुसार १८ वर्ष पूरा भइ ५४ वर्ष ननाघेकाले आवेदन गर्न सक्नेछन् ।

जिल्ला प्रहरी परिसर (काठमाडौ, भक्तपुर, ललितपुर) र सबै जिल्ला प्रहरी कार्यालयमा दरर्खास्त फारम बुझाउन सकिने छ । उनीहरुको कार्य दिन ४० दिन तोकिएको छ । म्यादी प्रहरीले एकमुष्ठ ३४ हजारबढी तलब पाउने छन् ।

स्थानीय तहमा सन्तोषजनक काम गरेका म्यादी प्रहरीले विशेष प्राथमिकता पाउने उल्लेख छ । सुरक्षा निकायका विभिन्न पदमा यही भदौ महिनासम्म भर्नाका लागि आवेदन दिई शारीरिक तन्दुरुस्ती र स्वास्थ्य परीक्षणमा उत्तीर्ण भई प्रवेश पत्रको प्रतिलिपि पेश गर्ने व्यक्तिलाई समेत म्यादी प्रहरी भर्नाका लागि प्राथमिकता दिइने बताइएको छ ।

टिप्पणीहरू