घर फोरेर सुन झिक्ने दुई झापाली समातिए

घर फोरेर सुन झिक्ने दुई झापाली समातिए

झापामा सुनका गरगहना, मोबाइल र नगद चोरी गर्ने दुई जना समातिएका छन् । भद्रपुर नगरपालिका-७ विषम टोलका राजेन्द्र गिरीको घरबाट १० लाख मूल्य बराबरको धनमान निकालेको आरोपमा स्थानीय दुई युवालाई प्रहरीले पक्राउ गरेको हो ।

भद्रपुर– १० का २२ वर्षीय रितिक कुमार शर्मा र सोही नगरपालिका–७ का २४ वर्षीय रोशन राजबंशी चोरीका सामानसहित पक्राउ परेको झापा प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार उनीहरुको साथबाट मोबाइल १ थान, सुनको चुराको टुक्रा २ थान, सुनको पञ्चरत्नको टुक्रा २ थान, सुनको ब्रास्लेट १ थान, कानमा लगाउने सुनको रामलिला २ थान र सुनको चन्द्रमाको टुक्रा २ थान बरामद भएको छ ।

चाेरीका सामानसहित दुवै जनालाई नियन्त्रणमा लिएर जिल्ला अदालत झापाबाट म्याद थप गरी थप अनुसन्धान भइरहेको प्रहरीले बताएको छ ।

टिप्पणीहरू