प्रतिनिधि सभाको बैठक दिउँसो १ बजे

प्रतिनिधि सभाको बैठक दिउँसो १ बजे

प्रतिनिधि सभाको बैठक आज दिउँसो १ बजे डाकिएको छ । प्रतिनिधि सभाका सचिव गोपालनाथ योगीद्वारा जारी सूचनामा बैठकको सम्भावित कार्यसूची सार्वजनिक गरिएको छ ।

जसअनुसार कानुन, न्याय तथा संसदीय मामिलामन्त्री गोविन्दप्रसाद शर्माले ‘केही नेपाल ऐन संशोधन गर्ने विधेयक, २०७९ माथिको सदनमा दफावार छलफल गरियोस्,’ भनी प्रस्ताव प्रस्तुत गर्नुहुनेछ ।

त्यसपछि प्राप्त संशोधनहरू निर्णयार्थ प्रस्तुत गरिनेछ । साथै सो विधेयक पारितका लागि मन्त्री शर्माद्वारा आजै प्रस्ताव प्रस्तुत गर्ने सम्भावित कार्यसूचीमा उल्लेख छ।

टिप्पणीहरू